दाङ, १ असोज ।
लगातारको वर्षातका कारण जनजीवन प्रभावित बनेको छ । बिहिबारदेखि परेको वर्षातका कारण ठाउँ ठाउँमा ग्रामिण सडकमा सवारी साधन संचालन हुन सकेका छैनन् भने घरबाहिर श्रम गर्ने श्रमिकलाई नियमित कामकाजमा जान मुस्कील परेको छ ।
वर्षा निरन्तर हुँदा खोला तथा नदिमा पानीको बहाव बढ्दै गएको छ । दाङमा बबई, राप्ती नदिको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षातले बाढी तथा पहिरोको जोखिम रहेको हुँदा जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तुलसीपुरको पातुखोलामा पानीको बहाव बढ्दै जाँदा खोला आसपासका नागरिक त्रसित बनेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि दिनभर वर्षाको अनुमान गरिएको छ ।
देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । लगाताकारको वर्षातका कारण नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । पश्चिमी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ ।
अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित वाग्मती, प्रदेश एक, मधेस प्रदेशमा पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिउँसोपख भारी वर्षाको सम्भावना छ ।