२०८१ असोज २१ गते सोमवार

दाङमा लागुऔषध कारोबार नियन्त्रण चुनौतिपूर्ण



दाङ, २ असोज ।
दाङमा लागुऔषध कारोकार नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ । खुल्ला सिमानाका र सेवनकर्ता बढ्दै जाँदा जिल्लामा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको हो ।

जिल्लामा तीन वर्षको तथ्यांकलाई हेर्दा वर्षेनी लागुऔषधका मुद्धाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७६÷०७७ देखि बितेको आर्थिक वर्षसम्मको तथ्यांक हेर्दा दाङमा लागुऔषध कारोबार बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७६÷२०७७ मा ३४ वटा लागुऔषध कारोबारका मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७७ ÷२०७८ मा ३९ वटा लागुऔषधका मुद्धा दर्ता भएका छन् । यस्तै बितको आर्थिक वर्ष २०७८÷२०७९ मा ५९ वटा लागुऔषधका मुद्धा दर्ता भएका छन् ।

भारतसंगको खुल्ला सिमानाकाका कारण दाङमा लागुऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताउनुभयो । लागुऔषध कारोबार बढ्दै जानुले समाजलाई थप चुनौती देखिएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार