
तुलसीपुर, २७ असोज ।
तुलसीपुरमा शुक्रबार भोलिदेखि संचालन हुन लागेको ‘प्रथम तुलसीपुर लोक नृत्य तथा लोक दोहोरी कार्यक्रमको तयारी पूरा भएको छ । स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ संचालन हुन लागेको कार्यक्रममा स्टल व्यवस्थापन र आवश्यक व्यवस्थापनको काम पूरा भएको हो ।कातिक ११ गते सम्म संचालन हुने कार्यक्रममा लोक दोहोरी र नृत्य प्रतियोगिताका साथै अन्य विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘स्वास्थ्य शिक्षा, सुचना हाम्रो अभियान, कला, संस्कृती र भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको मेलामा एकल, युगल र सामुहिक नृत्य र दोहोरी प्रतियोगिता हुने आयोजक मितेरी युवा क्लबका अध्यक्ष तथा संयोजक अजय बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न साँस्कृतिक प्रस्तुति रहने भएको छ । मेलामा आदिवासी, जनजाती समुदायको रहनसहन र भेषुभुषा प्रदर्शनी हुनुका साथ बाल उद्यान पनि रहने उहाँले बताउनुभयो ।नृत्य तथा दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरस्कार समेत प्राप्त गर्ने भएका छन् । नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो ।
यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेले ५० हजार , द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्रतियोगिताको लागि पहिलो चरणमा असोज २९ गतेदेखि कातिक ३ गतेसम्म अडिसन९छनौट० प्रतियोगिता हुनेछ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ संचालन हुने मेलाको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गर्नुहने भएको छ ।
मेलामा करिब २ लाखले अवलोकन गर्ने र २५ लाखको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आयोजक क्लबले मेलामा बिक्रि भएको प्रति टिकटको ५ रुपैँया सामाजिक काममा समेत लगाउने भएको छ ।