२०८१ असोज २७ गते आइतवार

हलवारमा फनपार्क निर्माणका लागि छलफल



दाङ, २८ असोज ।
साविक हलवारको वडा नम्बर २ र ६ को मध्यभागमा पर्यटकिय क्षेत्र स्थापनाका लागि  छलफल भएको छ । आज आधारभुत विद्यालय हलवारमा भएको भेलाले यस्तो निर्णय गरेको छ । तल्लो हलवार टोल विकास संस्थाका अध्यक्ष कविता शर्माको अध्यक्षता तथा तुलसीपुर ४ का वडाअध्यक्ष तुल्सी थापामगर र ७ का वडाअध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
भेलाले वडा नम्बर ४ र ७ को मध्यभागमा पर्ने आधारभुत बिद्यालय हलवार कालिका मन्दिर र कालिका सामुदायीक वनको स्वामित्वमा रहेको करिब ५ बिगाहा क्षेत्रफलमा फनपार्क र अन्य सामाजिक कार्य गर्ने गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको हो । तुलसीपुर ४ र ७ का स्थानियको उपस्थिती रहेको भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर ४ का वडाध्यक्ष मगरले स्थानियलाई अघि सर्न आग्रह गर्दै आफु सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो ।
त्यस्तै अर्का प्रमुख अतिथी जिसीले पर्यटकिय क्षेत्र विकासका लागि आफ्नो वडाबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले स्थानियलाई आफ्नो लक्ष्य लिएर अघि बढेमा स्थानिय सरकार जहिले पनि तत्पर रहेको बताउनुभयो । भुगोलका हिसावले वडा नम्बर ४ मा रहेपनि विकास निर्माणका काममा आपसी सहकार्य गर्न वडा तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताले सञ्चालनमा रहेको आधारभुत विद्यालयलाई थप ब्यबस्थित, कालिका मन्दिर संरक्षण तथा कालिका सामुदायीक वनसँँग सहकार्य गरेर काम गर्नुुपर्ने सुझब दिएका हुन् । कार्यक्रममा कालिका वन समुहका अध्यक्ष छबिराज पाख्रेलले निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । यस विषयमा वन समुहका पदाधिकारीसँग छलफल गरेर निस्कर्ष निकाल्ने बताउनुभयो ।
यस्तै आधारभुत बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष लक्ष्मी खड्काले बिद्यालयमा अहिले २२ जना बिद्यार्थीले अध्ययन गरिरहेको बताउदै बिद्यालयलाई विस्थापित नभएर स्थापित गरेर फनपार्क निर्माण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यनेजर वसन्त पौडेल, पुर्व शिक्षक मोहन थापा, श्रवनकुमार आचार्य, स्थानिय बासुदेव आचार्य, गणेश बस्नेतलगाएतले बोल्नुभएको हो ।
कार्यक्रममाथि अरुणकुमार आचार्यले विषय प्रवेश गराउनु भएको हो । यसैबिच फनपार्क निर्माणका लागि श्रवण कुमार आचार्यको अध्यक्षतामा ११ सदस्यीय ब्यबस्थापन समिती गठन समेत गरिएको छ । समितीको उपाध्यक्षमा प्रेम खनाल, सचिव अरुण कुमार आचार्य,कोषाध्यक्ष शोभा चौधरी, सहसचिव लोकमणि आचार्य रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा जित बहादुर थापा, गिरबहादुर चौधरी, एकराज भट्टराई, दुर्गा बिक, निमा चौधरी र छबिराज पोख्रल रहनुभएको छ । त्यस्तै ९ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । सल्लाहकारहरुमा वडा नम्बर ७ का वडाअध्यक्ष रामबहादुर जिसी, ४ का वडाअध्यक्ष तुल्सी थापामगर, बुद्धिराम भुसाल, कविता शर्मा, मोहन थापा, योगेश्वर रजौरे, डम्बर रोका, लक्ष्मी खड्का र द्रोण बहादुर घर्ती रहनुभएको छ ।।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार