२०८१ असार १ गते शुक्रवार

खुजुवारानी सामुदायिक वनको साधारणसभा



तुलसीपुर, २९ असोज ।
खुजुवा रानी सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारणसभा भएको छ ।

खुजुवा रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शंखु चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य दामोदर न्यौपानेको प्रमुख आतिथ्यता तथा सव डिभिजन कार्यालय बिजौरीका बन रक्षक कुल बहादुर रेउलेको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभामा ठुलाचौर सामुदायिक वनका अध्यक्ष फनिन्द्र कुमार भट्राई, हरिलाल बञ्जाडे लगायतकाले सामुदायिक बनले समुदायलाई नै फाइदा पुर्‍याएको बताउनुभयो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष हरी प्रसाद भट्राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो भने संस्थाका सचिब सीता शर्माले स्वागत र कार्यक्रमको सहजीकरण प्रदिप पोख्रेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार