२०८२ जेष्ठ १० गते शनिवार

एउटै कक्षामा पढ्ने रोशनी र शरदको रहस्यमय हत्या : अनुसन्धानका लागि छ जना प्रहरीको नियन्त्रणमा



दाङ, ३१ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई बालबालिकाको घटना रहस्यमय बनेको छ ।

२७ असोज बिहिबार राती घरबाटै हराएका सोहि ठाउँका १५ वर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई सोहि ठाउँमा मामाघरमा बस्दै आएको १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको छ । महतारा र आचार्यको शव आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पु¥याइएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताउनुभयो । यो आकस्मिक रूपमा भएको हत्या हो वा पूर्वयोजना अनुसार भएको हो, अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो । तर, उनीहरुको हत्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको प्रहरीले जनाएको छ ।

अपर्झट हुने घटनाको हत्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पु¥याएको थियो । यद्यपि हत्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए।

पिडितले घटनाको सत्यतथ्य छानबिनको माग राखेका छन् । अस्थायी प्रहरी पोष्ट दमारगाउँदेखि करिब २ किलोमिटर नजिकै घटना हुँदा पनि प्रहरीले बेवास्ता गरेको पिडितको भनाई छ ।

रोशनीका बुवा–आमा भारतमा रहेको उनी घरमा आफन्तसंग बस्दै आएको आफन्त टेकसिंह महताराले जानकारी दिनुभयो । रोशनी २७ गते राती घरमा ११ बजेसम्म रहेको तर भोलिपल्ट घरमा नभएपछि आफन्तले खोजि गरेका थिए ।

भोलिपल्टसम्म फोन गर्दा फोन पनि सम्पर्क भएको उहाँले बताउनुभयो । रोशनी बिहिबार राती बहिनीसंगमात्रै थिइन् । बहिनी अर्को ठाउँमा सुतेका कारण पनि उनि सम्पर्कबाहिर रहेको भोलिपल्टमात्रै थाहा भएको थियो ।

शरद र उनी एउटै कक्षामा पढ्ने साथी हुन् । उनि पनि सोहि दिन रातीसम्म घरमै रहेको र राती ११ बजेपछि सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । एउटै गाउँका दुई बालबालिकाको हत्या भएपछि गाउँ नै शोकमा डुबेको छ । स्थानीयले प्रहरी प्रशासनले घटनाको छानबिनमा चासो नदिएको भन्दै आक्रोशित बनेका छन् ।

यसैबिच घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार