२०८१ मङ्सिर २३ गते आइतवार

लागुऔषध मुद्धाका फरार प्रतिवादी श्रेष्ठ चार वर्षपछि पक्राउ



दाङ, ३ कार्तिक ।
दाङमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी चारवर्षपछि पक्राउ परेका छन् । प्रहरीले लागुऔषध मुद्धामा फरार प्रतिवादी घोराही उपमहानगरपालिका वडा नम्बर ७ पर्साका २६ वर्षिय किशोर श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई लागुऔषध मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल भदौ २ गते २५ हजार नगद जरिवानासहित ८ महिना १८ दिन कैद सजाय तोकेको थियो ।

फरार प्रतिवादी श्रेष्ठलाई घोराही–१७ मा सडकमा हिडिरहेको अवस्थामा बिहिबार आज पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

उनलाई आजै दाङ देउखुरी जिल्ला अदालनमा उपस्थित गराएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार