२०८१ फाल्गुन ६ गते मङ्गलवार

लागुऔषध मुद्धामा डिभिजन वन कार्यालय घोराहीमा कार्यरत रेन्जरसहित दुई जना पक्राउ



दाङ, ७ कार्तिक ।
बाँकेमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिभिजन वन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ वर्षीय किरण तिवारी र तुलसीपुर-१८ बस्ने २७ वर्षीय भरत चौधरी रहेका छन् ।

उनीहरुलाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित राप्तीसोनारी गााउँपालिका ९ ढकेरीबाट शनिबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द मल्लको कमाण्डमा खटिएको टोलीले रा १ ब ८९९ को सरकारी नम्बर प्लेटको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुमाथि लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार