२०८१ माघ १२ गते शनिवार

साङ्टेखोलामा शवदाह गृह र मलामी प्रतिक्षालय भवन निर्माण



तुलसीपुर, १३ मंसीर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ साङटेखोलामा मलामी प्रतिक्षालय भवन र शवदाह गृह निर्माण भएको छ ।

सुकिदह सामुदायिक वन उपभोक्ता समुहले आन्तरिक कोषबाट केहि रकम लगानी र तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित बजेट तथा विभिन्न सहयोगीदाताहरुको सहयोग मार्फत प्रतिक्षालय भवन र शवदाह गृह निर्माण गरेको समुहका अध्यक्ष मन्सराम डाँगीले जानकारी दिनुभयो ।

उहाका अनुसार २०७८ फागुन २७ गतेदेखी सुरु गरिएको निर्माण कार्य २०७९ कात्तिक तेस्रो हप्ता सम्पन्न भएको हो ।

सामुदायिक वनबाट दुई लाख ५४ हजार , तुलसीपुर उपमहानगरपालिका कार्यालयबाट ४ लाख ६८ हजार १८५ रुपैया, स्थानिय उपभोक्ता जनश्रमदानबाट दुई लाख ७ हजार ६० गरी जम्मा नौ लाख २९ हजार २४५ रुपैया लागतमा निर्माण गरिएको उहाले जानकारी दिनुभयो ।

यस्तैगरी मिश्रीलाल पुनले ३५ बोरा सिमेन्ट, अर्जुन घर्तिले एक टिप बालुवा र एक टिप गिट्टी र चन्द्र बहादुर घर्तिले ८ टिप ढुङगा सहयोग गर्नुभएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

वनको आफनै कोषबाटको केहि रकमले मलामी प्रतिक्षालय बनाउने उद्देश्यका साथ सुरु गरेको भएपनि स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट आबश्यक बजेट विनियोजन भएपछि शवदाह गृह समेत निर्माण गरिएको उहाले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट बजेट विनियोजन गर्नुमा निवर्तमान वडा अध्यक्ष बालकृष्ण राना, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा र स्थानिय समाजसेवी दोलक खत्रीको विशेष पहल रहेको भन्दै उहाले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

यस्तैगरी उक्त सामाजिक कार्यमा सहयोग गर्ने उपभोक्ता,सहयोगीदाता लगाएत साथ र सहयोग गर्ने सबै प्रति धन्यवाद दिदै उहाले साङटेखोला घाटमा अति आबश्यक भएको र बर्षौ देखीको चाहाना अहिले आफनो कार्यकालमा पुरा भएको बताउनुभयो ।

साङटेखोला घाटमा मलामी विश्राम गृह र शवदाह गृह नहुदा बर्षातको समयमा बाढिको त्रास र हिउँदको समयमा गर्मिको समस्या हुने गरेको थियो । अब त्यो समस्या टरेको समुहका अध्यक्ष डाँगीले बताउनुभयो ।

‘साङटेखोलामा बर्षातको समयमा मलामीहरु ओत लाग्ने ठाउँ थिएन, चिता जलाउदा जलाउदै बाढिले बगाउने डर हुन्थ्यो, अब कुनै समस्या छैन ।’ उहाले भन्नुभयो-‘यस क्षेत्रका बासीन्दालाई धेरै सहज हुने भएको छ ।’

धेरै मेहेनत र सवैको साथ सहयोगले सुविधा सम्पन्न प्रतिक्षालय र शवदाह गृह निर्माण भएको हुदा यसलाई संरक्षण तथा रेखदेख गर्नु सवैको दायीत्व भएको उहाले बताउनुभयो । साङटेखोला घाट साविक हलवार गाविस वडा नम्वर ७ अन्र्तगत लामीदमार, छोटीदमार, सुकिदह, भेरीखोर लगाएतका स्थानियले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार