२०८१ बैशाख ५ गते बुधवार

सडक स्तरोन्तीको काम धमाधम



दाङ, १३ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कोे झुमरेमा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । वडाको पहलमा तुलसीपुर उपमहानगरपालिकाको चालुवर्षको बजेटबाट सडकमा नाला र ग्राभेल गर्ने काम भइरहेको हो ।

तुलसिपुर उपमहानगरको राजश्व वाँडफाड अन्तरगत आर्थिक वर्ष ०७९/८० को बजेटबाट नाला र बाटो ग्राभेल गर्ने काम भईरहेको हो ।

राजश्व बाँडफाड शाखाको १५ लाख र उपभोक्ताबाट ३ लाख ६४ हजार गरि कुल १८ लाख ६४ हजारको लागतमा तुलसीपुर ७ को झुमरेमा ३ सय ३० मिटर लामो पक्की नाला सहित ६ मिटर चौडाई भएको  बाटो निर्माण गरिरहेको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

उज्वल निर्माण सेवाले मंसिरको महिनाको अन्तिमसम्ममा काम सम्पन्न गर्ने भएको निर्माण सेवा प्रमुख सागर पाण्डेले बताउनुभयो । वडा अध्यक्ष जिसीले आफु सदैब वडाबासीको सेवामा तत्पर रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार