२०८१ असार ४ गते मङ्गलवार

खुकुरी प्रहारबाट तुलसीपुरमा एक वृद्ध घाइते



दाङ, १७ मंसिर ।
तुलसीपुरमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । सामान्य विवादमै भएको खकुरी प्रहारबाट तुलसीपुर-३ सिस्नेरी निबासी ७० वर्षका विजुली घर्ती गम्भिर घाइते हुनुभएको हो ।

घाइते वृद्धको टाउकोमा गहिरो चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने सोही ठाउँ निबासी जीतबहादुर घर्तीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेका घर्तीका विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार