दाङ, १८ मंसिर ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तगर्त केन्द्रिय आयुवेर्द विद्यापिठमा अध्ययनरत बिएएमएसका विद्यार्थी आन्दोलित भएका छन् । आवश्यक जनशक्ति पूर्तिको २१ बुँदे मागसहित विद्यार्थी आन्दोलित भएका छन् ।
विश्वविद्यालयले माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै विद्यार्थीले उपकुलपति यादव प्रकाश लामीछानेको आवासमा घेराउ गरेका छन् । विद्यार्थीले तत्काल माग सम्बोधनको माग सहित उपकुलपतिको आवास बाहिर नाराबाजी गरेका छन् ।
आवासमा तोडफोडसमेत गरेका छन् । विद्यार्थीले उपकुलपतिको आवासको झ्यालको सिसा समेत फुटाएका छन् । विद्यार्थीले तोडफोड गरेपछि अहिले उपकुलपतिको आवासबाहिर बाक्लोमात्रामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार