दाङ, २४ मंसिर ।
सुबिधा महिला कृषि सहकारीले छैठौ साधारणसभा गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को नवलपुरमा रहेको सो संस्थाले साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष अरुणा राना मगरको अध्यक्षता तथा तुलसीपुर ७ का वडा सदस्य मानबहादुर रानाको प्रमुख आतथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथी रानाले सहकारीको माध्यमबाट सदस्यहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सहकारी मार्फत सदस्यहरु आत्मनिर्भर भएको बताउदै उहाँले आर्थिक समृद्धिका लागि सहकारीले महत्वपुणर् भुमिका खेलेको बताउनुभयो । देशको तिनखम्बे अर्थनितीमा सहकारीलाई एउटा खम्बाको रुपमा समेटिएको बताउनुभयो ।
सानो सानो रकमबाट पनि नागरिकलाई सहकारीमा आबद्ध गराउन सकिने भएकाले सहकारी मार्फत नागरिक आर्थिक रुपमा सक्षम हुने उहाँले बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी तथा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले सहकारीका सम्पुणर् शेयर सदस्यहरुको सक्रियतामा मात्रै संस्थाले पुणर्ता पाउन सक्ने बताउनुभयो ।
कार्यक्रमा संस्थाका सदस्य रेमन्त बहादुर घर्ती, राजकुमारी थापा, लगाएतले बोल्नुभएको हो । संस्थाको आर्थिक तथा बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रानाले पेश गर्नुभएको हो । संस्थाका सचिव रानीकला रोकाले धन्यवाद ज्ञापन गर्नु भएको हो ।
संस्थाका सदस्य सोनु थापाको स्वागत मन्तब्यबाट सुरु भएको सभाको सहजिकरण संस्थाका सदस्य सिता मल्लले गर्नुभएको हो । कार्यक्रममा लेखा समिती सदस्य प्रमिला चौधरीका श्रीमानको निधनप्रति दुःख ब्यक्त गर्दै कर्जाको पुणर् ब्याज छुट तथा कुल कर्जा रकमको १० प्रतिशत कर्जा मिनाहा गरिएको संस्थाका अध्यक्ष रानाले बताउनुभयो ।
संस्थाले नियमित, बाल, पेन्सन वचत तथा बिभिन्न ऋण कारोबार गर्दै आएको छ । कृषिमा आश्रीत सदस्यहरुलाई कृषिजन्य सामग्री रासायनिक मल, थ्रेसर मेसिन समेत उपलब्ध गराउदै आएको छ भने सामुहिक रुपमा बेसारखेती पनि सञ्चालन गरिरहेको छ । कुल चार सय १० शेयर सदस्य रहेको संस्थामा छ लाख ३१ हजार रहेको छ ।