२०८१ फाल्गुन २ गते शुक्रवार

वार्षिकोत्सबमा शैक्षिक सामग्री वितरण



दाङ, २४ मंसिर ।
गणपति लघुवित्त बित्तिय संस्था लिमिटेड तुलसीपुर शाखाले छैठौ बार्षिक उत्सब मनाएको छ । सामाजिक उत्तरदायित्व तथा छैठौ बार्षिकोत्सवको अवसरमा तुलसीपुर ७ मोतिपुरमा रहेको श्री प्राथमिक बिद्यालय मोतिपुरलाई शैक्षिक सामग्री हस्तान्तरण समेत गरेको छ ।

संस्थाका तुलसीपुर शाखा प्रबन्धक सुदन भट्टराईको अध्यक्षता तथा बिद्यालय व्यबस्थापन समिती अध्यक्ष छोटीलाल थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ४२ जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका लागि आबश्यक शैक्षिक सामग्री, बल, चार्ट, बिद्यार्थीका लागि म्याट हस्तान्तरण गरिएको हो ।

बिद्यालय व्यबस्थापन समिती सदस्य नारायण कुमार आचार्य बिद्यालयका प्रधानाध्यापक विश्वमाया पराजुलीले बिभिन्न समयमा बिभिन्न किसिमका सामग्री सामाजिक संघसंस्थाबाट प्राप्त गरेमा बिद्यालय तथा बिद्यार्थीहरुलाई सहयोग पुगेकोमा धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

देशभर ४३ शाखा रहेको राष्ट्रिय स्तरको लघुवित्तको केन्द्रिय कार्यालय तनहुँमा रहेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने शाखा प्रबन्धक भट्टराईले बताउनुभयो । संस्थाका कर्मचारी रेणु डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियो हाम्रो पहँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार