२०८२ बैशाख ९ गते मङ्गलवार

विकासमा युवाको आवश्यक्ता अपरिहार्यःराज्यमन्त्री श्रेष्ठ

विवादका विच महोत्सवको भव्य उद्घाटन


दाङ, २५ मंसिर ।
प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव आज भव्य समारोहका विच उद्घाटन गरिएको छ ।तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्न भन्दै युथ्स अफ तुलसीपुरको आयोजनामा मंसीर २५ गते(आज)देखी पौष ६ गते सम्म सञ्चालन हुने लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव उद्घाटन भएको हो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले रानी केक काटेर गर्नुभएको हो।

महोत्व उद्घाटन गदै राज्यमन्त्री श्रेष्ठले विकासमा युवाहरुको सक्रियता अपरिहार्य रहेको वताउनुभएको छ ।मेलाको उद्देश्य समयसापेक्ष रहेको भन्दै युवहरुको यो कार्यलाई प्रशंसा गर्नुभयो ।

महोत्सव उद्घाटन हुनुअघि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट  भएकोर्‍ यालीले नाँचगानसहित बजार परिक्रमा गरेको थियो । विभिन्न विद्यालय,संघ/संस्था,टोल विकास संस्थाहरुवाट झाँकी जुलुसमा सहभागीता रहेको थियो ।महोत्सव अवधीभर करिब २ करोड ५० लाख कारोबार गर्ने लक्ष्य रहेको छ भने महोत्सववाट वचत भएको रकमवाट तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार