
तुलसीपुर, २५ मंसीर ।
दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सवमा मंसीर २६ गते चर्चित गायक कमल खत्री आउने आयोजकले जनाएको छ । कार्यक्रममा गाएक चन्द« शर्मा,प्रेम विवश घर्ति,सुनिता अधिकारी लगाएत कलाकारको साँगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्र्ने उद्देश्यले युथ्स अफ तुलसीपुरको आयोजनामा मंसीर २५ गते (आज )देखी सुरु भएको महोत्सव पौष ६ गते सम्म सञ्चालन हुने जनाइको छ।
महोत्सव अवधीभर करिब २ करोड ५० लाख कारोबार गर्ने लक्ष्य रहेको छ भने महोत्सववाट वचत भएको रकमवाट तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार