दाङ,२६ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ । आज दिउँसो १ बजे ताला खुलेको हो ।
आज दिउँसो बसेको बैठककले मेलामा राखिएका फेन्सी, कस्मेटिक, जुत्ता र इलेक्ट्रोनिक सामानका स्टल नराख्ने निणर्य गरेपछि ताला खुलेको हो । नगर प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, जिल्ला प्रहरी प्रमुख एसपी बिर बहादुर वली, उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसे, युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरे लगाएतको संयुक्त छलफलमा उक्त सहमति भएको हो ।
साथै मेला महोत्सवमा कुनै पनि स्थानिय व्यापारीहरुले फेन्सी, कस्मेटिक, जुत्ता र इलेक्ट्रोनिक सामानहरुको स्टल राख्न चाहेमा युथ्स अफ तुलसीपुर, चेम्बर अफ कमर्श र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहमतिमा स्टलहरु राख्न सकिने सहमति भएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक गोकर्ण पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी उपमहानगरपालिकाको गेटमा लेखिएको नगर प्रमुख हराएको भन्ने शब्दहरु हटाइएको छ । युथ अफ तुलसीपुरले हिजोदेखि तुलसीपुरमा मेलाको सुरूवात गरेको छ । लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलाको लुम्बिनीका सिँचाई तथा जलस्रोत राज्य मन्त्रीले उद्घाटन गर्नुभएको हो । हिजोदेखि सञ्चालन भएको मेला पौष ६ गते सम्म सञ्चालन हुने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभएयो ।