२०८१ असोज २७ गते आइतवार

महोत्सवमा हेमन्त शर्मा संगै दर्शकको भिड



दाङ, ३ पुष ।
दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि सञ्चालित महोत्सबमा दर्शकको उपस्थिती जारी रहेको छ । गत २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज आठौै दिन गायक हेमन्त शर्मा, गायिका ऋतु कडेल, गायक खम बुढा, गायक सन्तोष बस्याल लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

यूथ्स अफ तुलसीपुरको आयोजनामा गत २५ गते आईतबारदेखि महोत्सव सुरु भएको हो । त्यस्तै आज ४ हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोलीपनि गायक कृष्ण रेउले, गायिका ज्योती मगर, गायक देवेन्द्र बस्नेत, सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार