२०८१ जेष्ठ ३१ गते बिहिवार

अप्टिमिष्ट क्लव अफ तुलसीपुरको सचिवालय उद्घाटन



तुलसीपुर, ३ पुस ।
बालवालीका तथा किशोर किशोरीहरुका लागी सकारात्मक भावना तथा आशावादी जिवन दर्शनको प्रवर्दन गर्ने उद्देश्यले स्थापीत संस्था अप्टिमिष्ट क्लव अफ तुलसीपुरको सचिवालय आज उद्घाटन गरीएको छ ।


कल्वका अध्यक्ष मान वहादुर वस्नेतको अध्यक्षता तथा संस्थाका सम्पुर्ण सल्लाहकारहरुवाट सचिवालयको उद्घाटन गरीएको हो ।कार्यक्रममा वोल्ने वक्ताहरुले सचिवालयको उद्घाटन पश्चात कल्वले सञ्चालन गर्ने सामाजिक कार्यको संस्थागत विकासमा थप सहज हुने धारणा राखेका थिए । कार्यक्रममा सल्लाहकारहरु गिरिराज डाँगी,विष्णु देवकोटा,झरेन्द« खरेल,मेघराज घिमिरे लगाएतले वोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष कमल सापकोटाको स्वागत मन्तव्यवाट शुरुभएको कार्यक्रमको सहजीकरण एकराज भण्डारीले गर्नुभएको थियो भने अप्टिमिष्ट आस्था वाचन संयोजक डम्वर डाँगीले गर्नुभएको थियो ।
कल्वले वालवालीका र विभिन्न समुदायमा आधारीत सकारात्मक दृष्टिकोणद्वारा निर्देशी कार्यक्रमहरु सञ्चालन गदै आएको छ । तुलसीपुर क्षेत्रका दर्जन वढी विद्यालयहरुमा  यस प्रकारका कार्यक्रम सञ्चालन गर्दे आइरहेको अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार