२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुर जीपको ठक्करबाट पैदल यात्रु घाईते 



दाङ, ४ पुस ।
जीपको ठक्करबाट तुलसीपुरमा पैदल यात्रु घाईते भएका छन् । आज बिहान सल्यान रोडमा हिडि रहेको अवस्थामा जिपले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका ५ का ५२ बर्षिय राजकुमार ठाकुर घाईते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपरका डिएसपी पुष्पराज मल्लका अनुसार आज बिहान ६ बजे तुलसीपुरको खानेपानी कार्यालय नजिकै ठाकुरलाई रा १ च १३२९ नम्बरको जीपले ठक्कर दिएको हो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोलपुर रिफर गरिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार