२०८१ माघ १२ गते शनिवार

ज्योती मगरले गित गाँउदा दर्शकको हुटिङ्ग



गत २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज नवौ दिन गायिका मगर सहित गायक प्रेम शर्मा, देवेन्द्र बस्नेत, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारकोे प्रस्तुतीमा दर्शक रमेका हुन् ।

यूथ्स अफ तुलसीपुरको आयोजनामा गत २५ गते आईतबारदेखि महोत्सव सुरु भएको हो । त्यस्तै आज १२ हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो । भोलीपनि गायक गायक सन्दिप न्यौपाने, गायिका रचना रिमाल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार