
दाङ, ९ पुस ।
राप्ती शान्ती उद्यान निर्माण समितीको २ पदका लागि भईरहेको निर्वाचनमा अहिलेसम्म २ सय ८६ मत खसेको छ । चार सय ६९ मतदाता संख्या रहेकोमा हालसम्म सो संख्यामा अर्थात हालसम्म करिब ६१ प्रतिशत मत खसेको निर्वाचन समिती संयोजक लोकमणि पोखरेलले जानकारी दिनुभयो ।
अध्यक्ष पदका लागि नेकपा एमालेबाट डिल्लीराज भण्डारी, र नेपाली काङ्ग्रेसबाट ईन्दिरा शर्मा बिच प्रतिष्पर्धा भईरहेको हो । अध्यक्ष पदका उम्मेदवार भण्डारी निवर्तमान अध्यक्ष हुनुहुन्छ भने शर्मा निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ ।
त्यसैगरि कोषाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका चिरञ्जीबी रिजाल र नेकपा एमालेबाट डुण्डमान पराजुली प्रतिष्पर्धामा रहनुभएको छ ।
मतदान सम्पन्न भएपश्चात मतगणना पनि आज साँझै गरिने उहाँले बताउनुभयो । अध्यक्ष र कोषाध्यक्ष बाहेकका ७ पदमा भने यसअघि सर्बसम्मत नेतृत्व चयन भईसकेको छ ।
प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार