दाङ, ९ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्वको लागी भएको मतदान सकिए लगतै मतगणना सुरु भएको छ । मतगणना को प्रारम्भीक नतिजा अनुसार १ सय मतगणना हुदा एमालेका तर्फवाट अध्यक्ष पदका उमेद्वार डिल्लीराज भण्डारीले ५८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका इन्दिरा शर्माले ३८ मत प्राप्त गर्नु भएको छ । यस्तै कोषाध्यक्ष पदमा पनी एमालेका ढुण्डीराज पराजुलीले झिनो मतान्तरले अगाडी रहनुभएको छ ।भञ्डारीले ४८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका चिरञ्जीवी रिजालले ४४ मत प्राप्त गर्नुभएको छ ।अजा भएको मतदानमा कुल ४ सय ६९ मतदाता रहेकोमा ४ सय ५१ जना मतदाता अर्थात ९६ प्रतिशत मत खसेको निर्वाचन समिती संयोजक लोकमणि पोखरेलले जानकारी दिनुभयो । अन्य पदमा निर्विरोध सर्वसम्मत नेतृत्व चयन भईसकेको छ ।
सचिवमा राष्ट्रिय जनमोर्चाका कृष्ण पोख्रेल दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भईसक्नु भएको छ । त्यसैगरी विभिन्न राजनीतिक दलबाट ६ जना सदस्य सर्वसम्वत चयन भएका छन् ।
नेकपा एमालेबाट बालाराम रेग्मी, नेपाली काङ्ग्रेसबाट छविलाल पन्थी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिवराज कालाथोकी, एकीकृत समाजवादी बाट माधव गिरी, विप्लव निकट नेकपा बाट भक्तिराम भण्डारी र नेपाल समाजवादी पार्टीबाट टुकलाल भण्डारी समितिको सदस्यमा चयन भएका हुन् । समितिका पदाधिकारीहरुको कार्यालय ३ वर्षको हुने छ ।।