२०८१ माघ ९ गते बुधवार

राप्ती शान्ती उद्यानः २ सय मतगणना हुदा भण्डारीको फराकीलो अग्रता



दाङ, ९ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्वको लागी भएको मतदान सकिए लगतै मतगणना सुरु भएको छ ।

जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार २ सय मतगणना हुदा एमालेका तर्फवाट अध्यक्ष पदका उमेद्वार डिल्लीराज भण्डारीले १२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका इन्दिरा शर्माले ६६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै कोषाध्यक्ष पदमा नेकपा एमालेका ढुण्डीराज पराजुलीले १०५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका चिरञ्जीवी रिजालले ८४ मत प्राप्त गर्नुभएको छ । अव २ सय ५१ मत गणना हुन वाँकी रहेको निर्वाचन समिती संयोजक लोकमणी पोखरेलले वताउनुभएको छ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार