दाङ, ९ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्वको लागी भएको मतदान सकिए लगतै मतगणना सुरु भएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार ३ सय ५१ मतगणना हुदा एमालेका तर्फवाट अध्यक्ष पदका उमेद्वार डिल्लीराज भण्डारीले १९९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका इन्दिरा शर्माले ९२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै कोषाध्यक्ष पदमा नेकपा एमालेका ढुण्डीराज पराजुलीले १६६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रर्तिसपर्धि गठवन्धनका साझा उमेदवार नेपाली काङग्रेसका चिरञ्जीवी रिजालले ११३ मत प्राप्त गर्नुभएको छ । अव २ सय ५१ मत गणना हुन वाँकी रहेको निर्वाचन समिती संयोजक लोकमणी पोखरेलले वताउनुभएको छ।
प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार