२०८० फाल्गुन १३ गते आइतवार

राप्ती शान्ती उद्यानकोे अध्यक्षमा दोस्रो कार्यकालका लागी भण्डारी निर्वाचित



दाङ, ९ पुष ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राप्ती शान्ती उद्यान निर्माण समितिको नयाँ नेतृत्वको लागी भएको चुनावमा भर्खरै समपन्न मतगणनावाट नेकपा एमालेका तर्फवाट अध्यक्ष पदका उमेद्वार रहेका डिल्लीराज भण्डारी दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मतगणनाको मतपरिणाम अनुसार अध्यक्ष पदमा निर्वाचित भण्डारीले २ सय ९७ मत लिएर विजयी हुनुभएको निर्वाचन समिती संयोजक लोकमणी पोखरेलले वताउनुभयो । उहाँका निकटतम प्रर्तिसपर्धि नेपाली काङग्रेसका इन्दिरा शर्माले १ सय ३४ मत प्राप्त गर्नु भएको छ । यस्तै कोषाध्यक्ष पदमा नेकपा एमालेका डुन्डमान पराजुलीले २ सय ५३ मत लिएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रर्तिसपर्धि नेपाली काङग्रेसका चिरञ्जीवी रिजालले १ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

अन्य पदमा निर्विरोध सर्वसम्मत नेतृत्व चयन भईसकेको छ ।सचिवमा राष्ट्रिय जनमोर्चाका कृष्ण पोख्रेल दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भईसक्नु भएको छ । त्यसैगरी विभिन्न राजनीतिक दलबाट ६ जना सदस्य सर्वसम्वत चयन भएका छन् ।

नेकपा एमालेबाट बालाराम रेग्मी, नेपाली काङ्ग्रेसबाट छविलाल पन्थी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट शिवराज कालाथोकी, एकीकृत समाजवादी बाट माधव गिरी, विप्लव निकट नेकपा बाट भक्तिराम भण्डारी र नेपाल समाजवादी पार्टीबाट टुकलाल भण्डारी समितिको सदस्यमा चयन भएका हुन् । समितिका पदाधिकारीहरुको कार्यालय ३ वर्षको हुने छ ।।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार