दाङ, ९ पुस ।
तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको १५औँ दिन आज पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।
महोत्सबको १५औं दिनमा आज गायक खेम सेन्चुरी, गायक नरेश खाती, गायक प्रेमविवश घर्तीलगाएत राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका हुन् ।
त्यस्तै आजपनि १५ हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेमविवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।
भोलीपनि गायक प्रताप दासलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव भोलीसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।