दाङ, ११ पुस ।
दाङमा ईट्टाको मूल्य वृद्धि भएको छ । दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघको भेलाले हाल कोइला, इन्धन, मजदुर तथा बैंक ब्याजमा अत्याधिक बृद्धि भएको भन्दै दाङ जिल्लामा ईट्टाको मुल्यमा हेरफेर गर्ने निर्णय गरेको हो ।
दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको भेलाले आजदेखि लागु हुने गरि १ नम्वर ईटाको मूल्यमा प्रति गोटा १५ रुपैयाँ र २ नम्वर ईट्टामा प्रति गोटा १० रुपैया मूल्यवृद्धि गर्ने निर्णय गरेको संघका सचिव युद्धबहादुर डिसीले जानकारी दिनुभयो ।
सचिव डिसीका अनुसार भेलाले खन्जड ईट्टा प्रति ट्रली दश हजार र टुक्रा ईट्टा प्रति ट्रली ६ हजार रुपैयामा विक्रि गर्ने निर्णय गरेको छ । नयाँ ईटाको उत्पादन मूल्यमा आगामी माघको १६ गतेदेखि लागु हुने गरी अहिले वृद्धि गरिएको मूल्यमा थप एक रुपैया वृद्धि गर्ने निर्णय गरेको छ । संघमा आवद्ध जिल्लामा ३२ वटा ईट्टा उद्योगहरु रहेका छन् ।।
फोटो