२०८१ माघ ९ गते बुधवार

लुम्बिनी प्रदेशस्तरिय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज समापन



दाङ, ११ पुस
तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरिय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज अन्तिम दिन गायक प्रताप दास लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारले प्रस्तुती राखेका हुन् । यसैबिच आजै सो महोत्सवको समापन गरिएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा सञ्चालित महोत्सवको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री गेहेन्द्र गिरीले बिभिन्न विबादका बिचपनि मेला सम्पन्न हुनु सामान्य कुरा नभएको बताउनुभयो । उहाँले युवाले सामाजिक कार्यका लागि आयोजना गरिएको महोत्सवबाट अन्य युवाले समेत पाठ सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले महोत्सव जुन उद्देश्यले आयोजना गरिएको हो सोहि उद्देश्य अनुसार अगाडी बढ्न समेत उहाँले आग्रह गर्नुभयो ।

युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेको अध्यक्षतामा भएको कार्यक्रमा लुम्बिनी प्रदेश सरकारका पर्यटन बोर्ड सदस्य जनक प्रसाद खराल लगाएतकाले बोल्नुभएको हो । क्लवका सचिव आकास भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उद्घोषक तथा गायक दिपक खड्काले गर्नुभएको हो ।।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार