२०८१ जेष्ठ ३१ गते बिहिवार

अटो भिलेज ब्यबस्थापन समिती तुलसीपुरको अध्यक्षमा पुन : पोखरेल



दाङ, १६ पुस ।
अटो भिलेज निर्माण तथा व्यवस्थापन समितीले तुलसीपुरको दोश्रो साधारण सभा तथा दोश्रो अधिवेशन गरेको छ । राप्ती अटोइन्जिनियरिङ एशोसियशनको दोस्रो साधारणसभा तथा अबिधेशन भएको हो ।

अटो भिलेज ब्यबस्थापन समितीका अध्यक्ष पदम पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सांसद रेखा शर्माको प्रमुख आतिथ्यता तथा अटो महासंघका निवर्तमान अध्यक्ष यम प्रसाद भुसाल को बिसिष्ट आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशनले सर्बसम्मतबाट आगामी २ बर्षका लागि पुनः पोखरेलकै अध्यक्षतामा ७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिलिप शर्मा, उपाध्यक्षमा हरि प्रसाद भुसाल, सचीवमा विप्लव ओली, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मीलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यमा धन बहादुर वोहरा, नरेन्द्र चौधरी र अर्जुन रिजाल रहनुभएको छ । कार्यक्रमको सहजिकरण अटो भिलेज सञ्चालक समितीका कोषाध्यक्ष रेग्मीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार