२०८१ मङ्सिर २३ गते आइतवार

ह्युमेडको दोस्रो स्थापना दिवस : बालबालिकालाई शैक्षिक सामग्रि वितरण



भाङावारी(गंगटे दाङ), २२ पुस  ।

मानविय सहायता नेपाल (ह्युमेड) संस्थाले आफ्नाे दोस्रो स्थापना दिवस पश्चिम दाङकाे भाङवारीमा मनाएकाे छ ।

बंबई गाँउपालिका १ भाङवारिमा रहेकाे जनकल्यान आधारभुत विद्यालयमा संस्थाले शैक्षिक सामाग्रि वितरण गरी स्थापना दिवश मनाएकाे हाे ।

संस्थाका अध्यक्ष वसन्त पाेख्रेलकाे अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खिम बहादुर घर्तिकाे प्रमुख अथित्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतसिं सिन्जालीकाे विशिष्ट अथित्यमा भएकाे कार्यक्रममा विद्यलयका १४ जना छात्र छात्रालाई शैक्षिक सामाग्रि वितरण गरिएकाे थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै विद्यालयका प्रधानाध्यापक घर्तिले दाङकाे कर्णाली भनेर चिनिने भाङावारी जस्ताे विकट ठाँउलाई स्थपना दिवशका लागि छनाेट गरेकाे प्रति संस्थालाई धन्यवाद दिनुभएकाे थियाे ।

कार्यक्रमा वाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जालिले आफ्नाे अनुभवमा संघ स्सथाले भाङावारीमा स्थापना दिवश मनाएकाे याे नै पहिलाे भएकाे भन्दै संस्थाले चाहेमा हातेमालाे गर्न तयार भएकाे वताउनु भयाे ।

संस्थाका सचिव देविराम कुसारीले सहजिकरण गरेकाे कार्यक्रममा शिक्षिका टिकाकुमारी केसीले ह्युमेडले गरेकाे याे काम अनुकरणिय भएकाे बताउनु भयाे । सामाजिक संघ संस्था सुगममा केन्द्रित भैरहेकाे अवस्थामा दुर दराजका स्थानियलाई साथै छाैं भन्ने हाेसला दिनकाे

लागि स्थापना दिवस मनाउन भाङावारी आएकाे संस्थाका अध्यक्ष पाेख्रेलले बताउनु भएकाे थियाे । कुनै दात्रि संस्थाकाे विना सहयाेग सदस्य वाट संकलित रकम वाट संस्थाले विकट समुदायमा सचेतना तथा मानविय सहायत दिदै आएकाे संस्थाका सदस्य रत्न खड्काले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार