दाङ, २३ पुस ।
तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न थालेको छ ।
सहकारीका शेयर सदस्यलाई सहकारीको आवश्यकता र महत्वको विषयमा जानकारी दिन सहकारीले शेयर सदस्यलाई अभिमुखिकरण गरेको हो ।
सुचना, तालिम तथा अध्ययन उपसमितिका संयोजक तथा संचालक समितिका सदस्य जिवराज अधिकारीको अध्यक्षतामा भएको अभिमुखकिरण तालिममा संस्थाका सल्लाहकार भरत भण्डारीले २०६४ सालमा स्थापना भएको सहकारी धेरै संघर्ष गरेर यहाँ सम्म आएको बताउनुभयो ।
उहाँले अहिले सहकारीले पाँच वटा विभाग सञ्चालन गरिरहेको बताउनुभयो ।
सहकारीबाट सुरु भएको सहकारी पेट्रोलपम्प, रेडियो हाम्रो पँहुच, हाम्रो पहुँच सेकेन्डरी स्कुल, हाम्रो पहुँच डेरी हुँदैबचत तथा ऋण विभाग पनि सञ्चालन गदै आएको उहाँले जानकारी दिनुभयो ।
हाल संस्थाले सय भन्दा बढिलाई रोजगार प्रदान गरेको समेत बताउनुभयो । संस्थाले अझै बढिलाई रोजगारी दिने लक्ष्य राखेकोमा उहाँले जोड दिनुभयो ।
सुरुमा २५ जना शेयर सदस्यबाट सुरु भएको सहकारी अहिले ३ हजार ५ सयसम्म शेयर सदस्य पुगेका छन् ।
त्यस्तै संस्थाका सल्लाहाकार नारायणप्रसाद भण्डारीले पछिल्लो समयका विभिन्न सहकारी बन्द भएको समाचारहरु आइरहदा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले धेरै राम्रो कामहरु गदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका तालिम तथा सुपरिवेक्षण समितिक संयोजक सूर्यप्रसाद शर्माले सहकारीले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई नेपालमै केहि गरौ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो ।
अभिमुखिकरणको प्रशिक्षकमा संस्थाका कार्यकारी प्रमुख जनक भण्डारी र बचत तथा ऋणका विभागिय व्यवस्थापक दुर्गा भण्ण्डारीले प्रशिक्षण दिनुभएको हो । संस्थाका कार्यकारी निर्देशक जनक भण्डारीले सहकारीको सात सिद्धान्त र मुल्य मान्यताहरुको बारेमा प्रशिक्षण दिनुभएको हो । भण्डारीले सस्थाको उदेश्य, फाइदाका बारेको प्रशिक्षण दिनुभएको हो । उहाँले सहकारी पाँच महिनाको अवधिमा ४२ लाख बढि नाफा कमाएको बताउनुभयो ।
संस्थाका ७ करोड बचत रहेकोमा शेयर सदस्यहरुलाई अहिले १२ करोड बराबरको ऋण उपलब्ध गराएको बताउनुभयो ।
लगानीभन्दा ऋण धेरै भएकोले शेयर सदस्यहरुलाई बचत बढाउन उहाँले आग्रह गर्नुभयो । त्यसैगरी बचत तथा ऋणका विभागिय व्यबस्थापक दुर्गा भण्ण्डारीले प्रशिक्षार्थीहरुलाई बचत तथा ऋणको बारेमा प्रशिक्षण दिनुभएको हो ।
उहाँले ऋण लिने प्रक्रिया अरु सहकारी जस्तो झन्झटिलो नभएको कुरा तालिममा सिकाउनुभएको छ । संस्थाले व्यवसाय सञ्चालन, शिक्षा कृर्षि लगाएत अन्य शिर्षकहरुमा पनि ऋण उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो । यस्तै रेडियो हाम्रो पहुँचका सम्पादक जीतसागर जी.एमले रेडियो र प्रविधिको बारेमा जानकारी दिनुभयो ।
तालिममा सहभागि पूर्ण बहादुर वली, टिका कुमारी गौतम र दोणर् विकले लगाएतले एक दिनमा पनि धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष नमीकुमारी बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखीकरण तालिमको सहजिकरण संस्थाका तालिम सूचना अधिकृत रेखा शर्माले गर्नुभएको हो । तालिममा करिब २०० जना शेयर सदस्यहरु सहभागि भएका थिए ।