२०८१ असोज २७ गते आइतवार

कर्जा नतिर्ने र चेक बाउन्सका घटना बढ्दै : १० हजार कालोसूचीमा



दाङ, २४ पुस ।
चालू आर्थिक वर्षको साढे ६ महिनामा १० हजारभन्दा बढी बैंकका ग्राहक कालोसूचीमा परेका छन् ।

गत साउनदेखि पुस १४ गतेसम्ममा साढे १० हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रका अनुसार समयमै ऋण नतिर्ने, ऋण तिर्न आनाकानी गर्ने तथा चेक बाउन्स गर्ने १० हजार ७ सय २२ जना ग्राहकलाई कालोसूचीमा राखिएको हो ।

गत आर्थिक वर्षको पुस १४ सम्ममा ३ हजार ८ सय ९४ जना ग्राहक कालोसूचीमा परेका थिए । गत वर्षको तुलनामा अहिले कालोसूचीमा पर्ने ६ हजार ८ सय २८ बढि छन् । यो १ सय ७५ प्रतिशतले बढि हो ।

पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको, लगानीको वतावरण नभएको, घरजग्गा र सेयर कारोबारमा मन्दी आएकाले यी क्षेत्रमा लगानी गरेकामध्ये अधिकांशले कर्जा तिर्न सकेका छैनन् । समयमै कर्जा भुक्तान नगर्दा कालोसूचीमा पर्ने ऋणीहरूको संख्या बढ्दै गएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार