२०८१ मङ्सिर २३ गते आइतवार

भ्रष्टाचार आरोपमा सल्यानका १० जनाविरुद्ध मुद्दा



दाङ, २८ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा सल्यानका १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक विस्तार तथा नाला व्यवस्थापन गर्ने क्रममा आर्थिक अनियमितता गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत हरिबहादुर खत्री, इन्जिनियर टेकबहादुर केसी, योजना शाखा प्रमुख जयराम घर्ती, गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक सनसिल्ता डिसी, रोजगार संयोजक सुवास बुढाथोकी, वडा नम्बर ७ का अध्यक्ष नैनसिंह राना, सब-इन्जियिनर दीपेशबहादुर शाही रहेको आयोगले जनाएको छ ।

सडक विस्तार नाला सुधार तथा ग्राभेल योजना रोजगार उपभोक्ता समितिका अध्यक्ष गणेश बुढा, सचिव कृष्ण कार्की र कोषाध्यक्ष गीताकुमारी बोहराविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आरोपित सबैलाई ५ लाख ६५ हजार ३०९ रुपैयाँ बिगो बमोजिम कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार