२०८१ फाल्गुन २ गते शुक्रवार

जिल्ला सहकारी संघ दाङको अध्यक्षमा गौतम निर्वाचित



दाङ, ३० पुस ।
जिल्ला सहकारी संघ दाङको अध्यक्षमा हेमराज गौतम निर्वाचित हुनुभएको छ ।

गौतम निकटतम प्रतिस्पर्धी गोविन्द प्रसाद शर्मालाई ६५ मतान्तरले पछि पादै निर्वाचित हुनुभएको हो ।

गौतमले १ सय ३८ ल्याउनुभएको छ भने शर्माले ७३ मत प्राप्त गर्नुभएको हो । जम्मा २ सय १४ मत खसेकोमा ३ मत बदर भएको हो ।

संघको शुक्रबार घोराहीमा भएको ३० औं वार्षिक साधारण सभा तथा अधिवेशनले अध्यक्ष र चार सदस्य बाहेक अन्य पदमा सहमति जुटाएको हो । संघको उपाध्यक्षमा माधव खनाल, सचिवमा शुक्रराज भण्डारी, कोषाध्यक्षमा हरि प्रसाद भुषाल सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै संघको महिला संचालक सदस्यहरुमा मणिकडा न्यौपाने, मिना गुरुङ र सरस्वता गौतम सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी सञ्चालक समिति सदस्यमा मिनराज घिमिरे, हरिप्रसाद शर्मा, कृष्ण प्रसाद रिजाल, कुशलराम शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै लेखा समितिको संयोजकमा होमलाल भुषाल चयन हुनुभएको छ भने लेखा समितिको सदस्यमा युवराज थपलिया र केशब रिजाल सर्वसम्मत चयन हुनु भएको छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार