२०८० फाल्गुन १३ गते आइतवार

कैदीबन्दीलाई गन्जी तरुल सहयोग



तुलसीपुर, १ माघ ।
तुलसीपुर कारागारका कैदीबन्दीलाई गन्जी र तरुल सहयोग गरिएको छ । तुलसीपुर-६ निवासी समाजसेवी टोपबहादुर महतारा र इमरायन कपडियाले माघी पर्वको अवसरमा कारागारका कैदीबन्दीलाई गन्जी र तरुल सहयोग गर्नुभएको हो ।

महिला र पुरुष दुवै कारागारका कैदीबन्दीलाई आज बिहान ६१ केजी गन्जी र तरुल सहयोग गरिएको समाजसेवी महताराले जानकारी दिनुभयो । कैदीबन्दीले पनि तरुल र गन्जी खाएर माघी पर्व मनाउन भन्ने उद्देश्यका साथ सहयोग गरिएको उहाँको भनाई छ ।

माघीको दिनमा गन्जी तरुल पाएपछि कैदीकन्दीले धन्यवाद ज्ञापन समेत गरेका छन् । समाजसेवी महताराले विभिन्न समयमा कारागारका कैदीबन्दीलाई सहयोग गर्ने गर्नुभएको छ । उहाँले विभिन्न ठाउँका कैदीबन्दीका बालबालिकालाई पढाउने जिम्मेवारी लिएर अभिभावकत्वसमेत ग्रहण गरिरहनुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार