२०८१ साउन ८ गते बुधवार

लागुऔषध ब्राउनसुगर सहित दाङबाट दुई जना पक्राउ



दाङ, ४ माघ ।
दाङमा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बाँकेको कोहलपुर-२ का ३६ वर्षिय उमंगबहादुर शाही र भारतको उत्तरप्रदेश बहराइच चकियारोड रुपैडिया बस्ने ५२ वर्षिय समसुललाई लागुआषैध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३७ ग्राम २९ मिलिग्राम लागुऔषध ब्राउन सुगर समेत बरामद गरेको छ । घोराही-१६ सर्राचोकबाट दुवै जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार