२०८१ चैत्र ५ गते मङ्गलवार

तुलसीपुरका विद्यालयमा लेखापालको तलब बढ्यो



तुलसीपुर, ५ माघ ।

तुलसीपुरमा सामुदायिक विद्यालयमा कार्यरत लेखापालको तलब बढेको छ ।

उपमहानगरपालिकाको छैठौं कार्यपालिका बैठकले गएको साउन महिनादेखि लागु हुने गरि २ हजार तलब बढाएको हो । यो संगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।

यस अघि उपमहानगरपालिका भित्रका लेखापालको तलब १८ हजार ५ सय थियो । पटक-पटक तलब बढाउन माग गर्दै लेखापालहरुले उपमहानगरपालिकामा धर्ना दिदै आएका थिए ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार