२०८१ बैशाख ५ गते बुधवार

सगरमाथा बालबाटिका बोर्डिङ स्कुलमा दन्त शिबिर



तुलसीपुर, ५ माघ ।
सगरमाथा बालबाटिका बोर्डिङ स्कुलमा दन्त शिबिरको आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको बोर्डिङले दन्त शिबिरको आयोजना गरेको हो । बिद्यार्थीमा दन्त सम्बन्धि स्वास्थ्य जनचेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

बिआर डेन्टल क्लिनीकको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन भएको हो । शिविरमा बिद्यालयका दुईसय बिद्यार्थीले दन्त परिक्षण गराएका छन् । विद्यालयका प्रधानाध्यापक छबिकुमार वलीको अध्यक्षता तथा डाक्टर भुवन भुषालको प्रमुख आतिथ्यतामा शिविर भएको हो ।

शिबिरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को स्वास्थ्य शाखाले आवश्यक औषधी उपलब्ध गराएको हो । आबश्यक औषधी उपलब्ध गराएकोमा कार्यलयप्रति बिद्यालयले आभार प्रकट गरेको छ । कार्यक्रमको सहजिकरण बिद्यालयका शिक्षक पविता बिश्वकर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार