२०८१ मङ्सिर २४ गते सोमवार

सामुदायिक बनको रकम हिनामिना



दाङ, १४ माघ ।
दाङको एक सामुदायीक बनमा १७ लाख बढी बेरुजु देखिएको छ । बबई गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको पदमपुर सामुदायिक बनका पदाधिकारीले बिल भपाई बिनै समुहको १७ लाख ६५ हजार ८ सय १० रुपैँया ५३ पैसा खर्च गरेको देखिएको हो ।

गत असोज १५ मा भएको बन समुहको साधारण सभामा धेरै रकम बेरुजु देखिएपछि चार सदस्यीय छानबिन समिति बनेको थियो । छानबिन समितिले करिब साढे तीन महिनापछि प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिनको क्रममा बन समुहका पदाधिकारीले विभिन्न शिर्षकमा बिल, भपाई बिनै ठुलो रकम खर्च गरेको देखिएको छानविन समितिका संयोजक घनश्याम वलीले बताउनुभयो ।

बन समितिको गत असोज १५ गते भएको साधारण सभामा उपभोक्ताले अध्यक्ष प्रजित बुढासहित १५ जना सदस्यमाथि छानविन गर्नुपर्ने माग राखेपछि उनको संयोजकत्वमा चार सदस्य छानबिन समिति बनेको हो तर चारजनामध्ये दुई जनाले चासो दिएनन् ।

दुई जनाले करिब १८ दिन लगाएर बन समुहको प्रतिवेदन तयार बनाएका हुन् । प्रतिवेदनमा समितिले २०७३ साल भदौ १० गतेदेखि २०७९ साल असोज १५ गतेसम्म गरेको खर्च अपारदर्शी देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार समितिले काठ बिक्रिदेखि कोरोना राहतको नाममा बनको रकम हिनामिना गरेको छ । समितिले बिल, भपाई र बैंक स्टेटमेन्ट बिनै ठुलो रकम खर्च गरेपछि असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार