२०८१ जेष्ठ १६ गते बुधवार

कालिका बनले गर्‍यो, चौथो साधारणसभा



तुलसीपुर, १४ माघ ।
तुलसीपुर-४ मा रहेको कालिका सामुदायिक बनले चौथो साधारणसभा गरेको छ । बन समुहका अध्यक्ष छविराज पोखरेलको अध्यक्षता तथा पूर्व अध्यक्ष शुसिला आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो ।

लोकमनी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लक्ष्मी खड्का, शंकर चौधरी, यज्ञ भट्टराई, श्रवन कुमार आचार्य, बसन्त पौडेल , कमल आचार्य, खुशीराम चौधरी, कृष्णबहादुर बस्नेत, धनराज बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको हो ।

त्यस अवसरमा साधारण सभाले मृत्यु संस्कारमा काठमा शुल्क नलिने, बनमा झाडी सरसफाई गर्ने, विभिन्न शुभकार्यमा आवश्यकता अनुसार शुल्क लिएर दाउरा उपलब्ध गराउने निणर्य पारित गरेको छ । बन समुहका सचिव गणेश वस्नेतले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार