२०८१ मङ्सिर २३ गते आइतवार

शिक्षक र विद्यार्थीलाई वित्तिय साक्षरता



तुलसीपुर, १७ माघ ।
देउखुरीमा विद्यार्थी र शिक्षकलाई वित्तिय साक्षरता प्रदान गरिएको छ । २६ वटा लघुवित्तको सहयोगमा कक्षा ११ र १२ मा अध्ययनरत १३० विद्यार्थी र शिक्षकलाई वित्तिय साक्षरता प्रदान गरिएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त शाखा कार्यालय जलुकेका शाखा प्रमुख केशब राज पोख्रेलको अध्यक्षता तथा विद्यालयका शिक्षक वासुदेब रिजालको प्रमुख आतिथ्यतामा वित्तिय सचेतना कार्यक्रम गरिएको हो । फरवार्ड लघुबित्तका शाखा प्रमुखले वित्तिय साक्षरता प्रदान गर्नुभएको हो । त्यस्तै

लक्ष्मी लघुवित्तका शाखा प्रमुख शिला जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा एनआईसी लघुवित्तका प्रदेश प्रमुख बिमल चौधरी,

चेतराज जोशीले वचतका बारेमा, किसान लघुवित्तका शाखा प्रमुखले लघुवित्तको विकासक्रमको बारेमा, लघुबित्तका शाखा प्रमुख रणवीर चन्द नेरुले कर्जा सुचना केन्द र बैंक कसुर बारे, सुर्योदय वमि लघुबित्तका शाखा प्रमुख राम्चन्द पौडेलले डिजिटल बैंक र चेकको बारे प्रशिक्षण गर्नुभएको हो ।

सिभिल लघुवित्तका शाखा प्रमुख हेमराज बस्नेतले विद्यार्थीलाई उत्प्रेरेना बारे , उपकार लघुवित्तका शाखा प्रमुख दिपेस पुनले कर्जाको प्रयोग फाइदा र महत्त्व बारे सचेतना कक्षा संचालन गर्नुभएको हो ।

लघुबित्त कर्मचारीलाई धन्यवाद दिनुका साथै लघुबित्त कर्मचारीको तर्फबाट विद्यालयलाई मायाको चिनो दिएको हो । कार्यक्रमको सन्चालन उन्नति सहकार्य लघुबित्तका शाखा प्रमुख सन्तोष पौडेल गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार