२०८१ बैशाख ११ गते मङ्गलवार

झाडीमा फालिएको अवस्थामा तुलसीपुरमा एक नवजात शिशुको शब फेला



तुलसीपुर,२३ माघ ।
तुलसीपुरको एक सामुदायिक बनमा नवजात शिशुको शब फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा सामुदायिक वनमा जन्माएर फालिएको अवस्थामा शिशुको शव फेला परेको हो ।

आईतबार दिउँसो ४ बजे तिर स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । बच्चालाई साल नालसहित फालिएको छ ।

बच्चा कसले फाल्यो, किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार