२०८१ चैत्र ५ गते मङ्गलवार

तुलसीपुरमा चार जना युवकमाथि फिल्मी शैलीमा लुटपाट !



तुलसीपुर, २३ माघ ।
तुलसीपुरमा चार जना युवकमाथि लुटपाट भएको छ । चार जना युवाले गत माघ १७ गते दिउँसोतिर सल्यान र रोल्पाका चार जना युवकलाई तुलसीपुर–७ गणेशपुर नजिकको जंगलमा लगेर लुटपाट गरेका हुन् ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ का मेघराज घर्ती, रोल्पाको गंगादेव गाउँपालिका–३ का अनिल मगर, गोविन्द डाँगी र डिसेम्बर डाँगीमाथि लुटपाट भएको हो ।

कोरियन भाषा पढ्न आएका चारै जनालाई फिल्म शैलीमा तुलसीपुरबाट अटोमा गणेशपुर पार्क नजिकैको जंगलमा लगेर लुटपाट गरिएको हो । लुटेराले उनीहरुको साथबाट चार थान स्मार्ट मोबाईल र नगद ७ हजार लुटेको छ ।

पिडित चारै जनाले माघ १८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् । लुटपाटमा संलग्न दोषिको पहिचान अझै भइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

घटना कसरी भयो त ?
पिडित चार जना युवा तुलसीपुर खानेपानी कार्यालय अघितिर सल्यान रोडमा रहेका थिए । लगत्तै दुई जना युवक आएर मेरो दाईमाथि कुटपिट भएको छ, तिमीहरुमाथि आशंका छ भने ।

तर पिडित चार जनाले होइन् भनेर जवाफ दिए । फेरि ति दुई जनाले तिमीहरु नै हौ , नपत्याए दाईसम्म पुगौँ न भनेर भने । निर्दोष चार जनाले पनि हामीहरु हैनौँ भनेर जवाफ दिएपनि लुटपाट गर्ने नियतका दुई जनाले जान्छौ कि के गर्छौ भनेर धम्किी दिएपछि उनीहरु पिडित चार जना पनि जान सहमती जनाए ।

त्यसपछि दुई जनाले उनीहरुलाई अटोमा गणेशपुर पार्कसम्म पु¥याए । अटो पार्कमै रोकिएपछि अलिकति अघि हो भन्दै चार जनालाई जंगलतिर लगे । त्यसपछि अरु दुई जना पनि थपिए र चारजनाको मोवाईल र नगद लुटपाट गरे ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार