२०८० फाल्गुन १७ गते बिहिवार

प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप



दाङ, २७ माघ ।

गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगे ।

शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखे र प्रहरीमा उजुरी नै दिए ।

चोरीमा सम्लग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे । बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पा¥यो ।

त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो ।

तर स्कुटि चोरिमा संलग्न ब्यक्तिलाई जिल्ला प्रहरी प्रमुख डिएसपि र मुद्धा फांटका प्रहरीसहितका प्रहरीले आर्थिक चलखेल गरेर २४ घण्टा नबित्दै मुद्धा नचलाई छाडेको आरोप लागेको छ ।

रानालाई छुटाउन गणेश नेपालिले जिप्रका पुगेर दबाब दिएको स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए ।

शान्ति सुरक्षा सरोकारवाला निकाय भने प्रहरीको यो रवैया शंकास्पद रहेको भन्दै भविष्यमा यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने प्रश्न गर्छन् ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार