२०८१ मङ्सिर २३ गते आइतवार

दुई तिहाइले घट्यो विद्युत उत्पादन, आयातित बिजुलीले माग धान्न मुस्किल



दाङ, ३० माघ ।
हिउँदमा राम्रो वर्षात र हिमपात नभएपछि विद्युत आपूर्ति व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यो वर्ष हिउँदको विद्युत उत्पादन दर विगतका वर्षहरुमा भन्दा कमजोर छ ।

यसले भारतीय विद्युतमा निर्भरता बढेपनि आपूर्ति र प्रसारण सञ्जालको अभावमा पर्याप्त मात्रामा बिजुली आपूर्ति गर्न मुस्किल भएको प्राधिकरणको भनाइ छ । यो वर्ष थप आयोजनाहरु बनेका कारण गत वर्षभन्दा आन्तरिक रुपमा हुने उत्पादन केही मात्रा बढे पनि प्रणालीमा वृद्धि भएको मागअनुसार आपूर्ति धान्न प्राधिकरणलाई आयातित बिजुलीमा भर पर्नु परेको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख तथा प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार अहिले जडित आयोजनाहरुबाट एक तिहाइ बिजुली मात्रै बिजुली उत्पादन भइरहेको छ । दुई तिहाइभन्दा बढी उत्पादन घटेपछि प्राधिकरणलाई विद्युतको माग व्यवस्थापनमा समस्यामा परेको छ ।

उहाका अनुसार अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरुको निजी स्तरका आयोजनाबाट जडित क्षमतको १५ देखि २२ प्रतिशत मात्र बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणकै आयोजनाहरुमा पनि अत्यधिक मात्रामा उत्पादन घटेको छ । यसले प्राधिकरणलाई माग र आपूर्तिको सन्तुलन मिलाउन चुनौती थपेको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार