दाङ, १ फागुन
दाङमा श्रीमतीको कुटपिटबाट श्रीमान घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका ४ बैवाङका ५३ वर्षीय दुर्गा प्रसाद खड्का रहेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज बिहान साढे १० बजेको समयमा दुर्गा र उनकी श्रीमती ५० वर्षीया मीना खड्का बीच झगडा हुँदा मीनाले काठको मन्युले श्रीमानलाई कुटपिट गरेकी थिइन् ।
कुटपिटबाट दुर्गालाई टाउँको र खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो । घाइते खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको प्रहरी निरिक्षक केसीले जानकारी दिनुभयो । कुटपिट गर्ने मिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार