२०८१ बैशाख ११ गते मङ्गलवार

सीता एयरले टरिगाउँमा आजदेखि सातामा तीन दिन उडान भर्दै



दाङ,२ फागुन ।
सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा आज वुधवार देखि उडान भर्ने भएको छ । । अब आजवाट सातामा तीन दिन सोमबार, बधबार र शनिबार उडान भर्नेछ । यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान भर्ने भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, मंगलबार,विहीबार र शनिबार उडान भर्ने गरेको थियो ।

अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउदा ८ हजार एकसय भाडा निर्धारण गरेको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए। उहाँका अनुसार काठमाडौंबाट दिउासे १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउसो साढे १ बजे उडान भर्नेछ ।

गत माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान गरेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छैन । नेपाल एयरलाईन्सले दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार