तुलसीपुर ३, फागुन ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अबसरमा अनेकतामा एकता, संघिय शासन ब्यबस्था विषयक बक्तृत्वकला कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ।असप्टमिष्ट क्लव अफ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत सामुदायिक तथा संस्थागत गरी १६ बिद्यालयहरुको सहभागीता रहेको थियो ।
आजको भौतिकबादले गाँजेको समाजमा सकारात्मक दृष्टिकोणद्वारा आशाबादी जीवन दर्शनको प्रबन्धन गर्दै बालबालिका, किशोर किशोरी तथा युवा पिढिको चौतर्फी विकासका निम्ति आबश्यक कार्यक्रम संचालन गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समिति संयोजक एवं वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावत, तुलसीपुर उपमहानगर पालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मन बहादुर खड्का, राप्ती बबइ बहुमुखी क्याम्पस तुलसीपुरका प्राध्यापक डा प्रेम योगि, संस्थाका बरिस्ठ सल्लाहकार मेघराज घिमिरे, मा.बि बालापुरका शिक्षक निर्मला डाँगि, नेपाल शिक्षक संघका अध्यक्ष घनश्याम डाँगीले संस्थाले छोटो समयमै समाज एवं बालबालिकाको क्षेत्रमा उदाहरणीय कामगर्दै अगाडि बढेकोमा प्रशंसा गर्नुभयो ।
प्रतियोगितामा सहिद स्मृति मा.वि.का पर्सुराम रोका क्षेत्री प्रथम हुनुभएको छ । यस्तै ग्रेट अरनिको मा.वि का इन्द्र के.सि, द्वितिय सप्तरंगी इ.बो स्कुलका बिनोद के.सि तृतीय हुनुभएको छ भने दिब्यज्योती इ.बो स्कुलका आयुश्मा शर्मा सान्त्वना हुनुभएको छ ।
कार्यक्रममा प्रथम,द्वितिय,तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने छात्ररछात्रालाई क्रमश नगद ३ हजार,२ हजार ५ सय,१ हजार ५ सय,१ हजार तथा प्रमाणपत्रले सम्मान गरीएको थियो ।
संस्थाका ओरेटरिकल कन्टेस्ट कमल प्रकाश शर्माको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण सचिव एकराज भन्डारीले गर्नुभएकोे प्रबक्ता दिपक बोहराले जानकारि दिनुभयो ।