२०८१ माघ १० गते बिहिवार

दोहोरो अंकले घट्यो नेप्से



दाङ ३,फागुन ।
आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज वुधवार १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो । यो ०.६६ प्रतिशतको गिरावट हो । आज २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।
आज युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार